हाइलाइट

विश्व किसान संगठनको सञ्चालकमा साना किसान कृषि केन्द्रीय संघका अध्यक्ष पाठक निर्वाचित

विश्व किसान संगठनको सञ्चालकमा साना किसान कृषि केन्द्रीय संघका अध्यक्ष पाठक निर्वाचित :: Sahakari Akhabar

काठमाडौं । एफएओको मुख्यालय इटालीको रोममा भएको विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ)को सञ्चालकमा नेपालबाट खेमबहादुर पाठक निर्वाचित भएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।

पाठक सहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका हुन् । विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन ।

किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्चतह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ।

गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय पाठक इटालिको रोममा भएको विश्व किसान संगठन डब्लुएफओको महासभा २०२४को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था र सम्पूर्ण साना किसान अभियानलाई सशस्त्र द्धन्दकाल, राजनीतिक अस्थिरता तथा विभिन्न कठिन अवस्थाबाट जोगाउँदै पाठकले यो अवस्थामा ल्याउन महत्वपूर्ण योगदान रहेको छ ।



Leave a comment