हाइलाइट

पोखरा रोयल सहकारीको जगेडा कोषमा साढे अठार करोड बढी

पोखरा रोयल सहकारीको जगेडा कोषमा साढे अठार करोड बढी :: Sahakari Akhabar

काठमाडौं । पोखरा १० बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा साढे अठार करोड नाघेको छ ।  संस्थाले प्रकाशन गरेको जेठ महिनाको वित्तिय विवरण अनुसार संस्थाको जेगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार ४३२ रुपैंयाँ पुगेको जनाएको छ ।

त्यसैगरी संस्थाको अन्य कोषहरुमा १२ करोड ४५ लाख ९० हजार ३८८ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार संस्थाको कूल सम्पत्ति २ अर्ब ५१ करोड ३४ लाख ५३ हजार ४०९ रुपैंयाँ रहेको छ ।

त्यसैगरी संस्थाका कूल ९ हजार ३४५ सदस्य मध्ये १ हजार ३३७ जना सदस्यमा १ अर्ब ६५ करोड ७२ लाख ८४ हजार ९२६ रुैपैंयाँ ऋण लगानी रहेको जनाएको छ । त्यसैगरी संस्थामा १६ करोड ७९ लाख ७४ हजार रुपैंयाँ शेयर पूँजी तथा १ अर्ब ८९ करोड ७७ लाख ३८ हजार ५६४ रुपैंयाँ बचत रहेको जनाएको छ ।

१८ करोड ७९ लाख ४६ हजार ८१४ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाले जनाएको छ । बाह्य ऋण शुन्य रहेको संस्थामा ७२ करोड १९ लाख १ हजार २८७ रुपैंयाँ अर्थात ३८.०४ प्रतिशत तरलता रहेको जनाइएको छ । संस्थाका दुलेगौंडा तनहु र कास्कीको भण्डार चोक तथा मोहरियामा सेवाकेन्द्र रहेका छन् ।



Leave a comment