काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध विकास संस्थान तालाबन्दी गर्ने भएको छ । संघले प्रेस विज्ञप्ती जारी गरी भोली बुधबार दुग्ध विकास संस्थानमा तालाबन्दी सहित घेराउ गर्ने भएको हो । संघले वर्तमान समयमा दुग्ध क्षेत्रको संवेदनशिल समस्यालाई हल गर्न पटक पटक सम्बन्धित निकाय र मन्त्रालयमा बैठक र वार्ता बस्दा पनि किसानको समस्या हल हुन नसकेको भन्दै दुग्ध विकास संस्थान घेराउ गर्ने जनाएके हो।
किसानको समस्या समाधानमा कुनै पहल नभएको दुग्ध क्षेत्रलाई राज्यको उपेक्षित क्षेत्रमा राखेको जनाएको छ । समस्या समाधानम जिम्मेवार निकाय पन्छिरहेको दुग्ध किसानले ७ महिना देखिको दूधको भुक्तानी नपाएकोले किसानकोे दैनिक जिविकोपार्जन स्थिति धान्नै नसक्ने अवस्थामा रहेको जनाएको छ ।
किसानहरु आत्मदाहको स्थितिमा पुग्ने अवस्थामा रहँदा पनि राज्य र अन्य सारोकारवाला निकाय, मन्त्रालय समेत मौन रहेकोले केन्द्रीयको नेतृत्वमा दुग्ध विकास संस्थान घेराउ गर्ने भएको जनाएको छ । समस्याहरुलाई बेलैमा हल गर्न र आफ्ना किसानलाई बचाउन आन्दोलनको कुनै विकल्प नरहेको हुँदा मन्त्रालयलाई ध्यानाकर्षण गर्न असार ५ गते संघले दुग्ध विकास संस्थान, लैनचौर, काठमाडौंमा तालाबन्दी सहित आन्दोलन गर्ने जनाएको छ ।
Leave a comment