काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ राम्चेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाको १६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको उक्त खुल्ला रक्तदानमा एक सय २० जनाले रक्तदान गरेका थिए । रक्तदानमा जनप्रतिनिधि, संस्थाका कर्मचारी, सामाजिक ब्यक्तित्व, स्थानीय, सुरक्षाकर्मी र संस्थाको सदस्यलगायत सहभागी रहेका थिए
नेपाल रेडक्रस सोसाईटी बाह्रबिसे उपशाखाको प्राबिधिक सहयोगमा सहकारीको १६ औं स्थापना दिवस तथा विश्व रक्तदाता दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमका साथै ७० बर्ष पुरा भएका ६५ जना जेष्ठ सदस्यलाई खादा, सम्मानपत्र, छाता र नगद सहित सम्मान गरेको संस्थाका अध्यक्ष विकाशकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी कार्यक्षेत्र भित्रका विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ । त्यसैगरी स्वर्गीय हिना जिरेलका पितालाई एक लाख रुपियाँ सदस्य दुर्घटना वीमाबाट प्रदान गरिएको व्यवस्थापक सुरेन्द्र तिवारीले जानकारी दिए ।
ब्यवस्थापक तिवारीले क्यान्सर पीडित सदस्यद्धय चन्द्रबहादुर थामी र सञ्चमाया श्रेष्ठलाई जनही दशदश हजार नगद सहयोग गरिएको बताए छ ।
सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत शारदा माध्यमिक विद्यालयका विद्यार्थी निमा तामाङ, जेनिश श्रेष्ठ, केसिका नेपाललाई छात्रवृति प्रदान गरिएको छ ।
त्यसैगरी भद्रकाली माविका विद्यार्थी प्रविन गुरुङ, सुनकोशी माविका हिमानी गुरुङ, क्षमादेवी माविका मनिष भण्डारी, महेन्द्रप्रताप माविका सञ्जिता थामी र राम माविका विद्यार्थीहरु सुमित्रा थामीलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ ।
Leave a comment