काठमाण्डौं । ठाकुरबाबा नगरपालिकाका ९ वटा सहकारी एकिकरणको तयारीमा लागेका छन् । नगरपाालिकाका विभिन्न वडाका ९ वटा सहकारी एकिकरणको प्रारम्भिक छलफलमा लागेका हुन् ।
हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको संयोजन रहेको ठाकुरबाबा नगरस्तरीय साकोस एकिकरणको आज प्रारम्भिक छलफल हुने भएको हो ।
एकिकरण छलफलमा मालिका साकोस, सिको साकोस, कञ्चन साकोस, सगुन साकोस, हाम्रो मध्यवर्ती साकोस, बिश्वासिलो साकोस, किसान कमैया कल्याण साकोस, प्रगती साकोस र शिक्षक कल्याण साकोस रहेको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज न्यौपानेले जनाएका छन् ।
Leave a comment