काठमाडौं । भक्तपुरको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । संंस्थाको स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रममा रक्तदान कार्यक्रम गरेको हो ।
साब्यापी कार्यक्रमको चौथो दिन नासमना सेवा केन्द्र व्यवस्थापन उपसमितिको समन्वयमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र हार्ट एण्ड डाईबेटिक सेन्टरको प्राविधिक सहयोगमा रक्तदान तथा सुगर परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए भने ७२ जनाले सुगर परीक्षण गराएको संस्थाले जनाएको छ ।
त्यसैगरी कार्यक्रमको पाचौं दिन बाल बचतकर्ताहरुलाई अवलोकन भ्रमण गराएको थियो । भ्रमणमा ६८ जना बालबालिका सहित ८१ जनाले नारायणहिटी राजदरवार संग्रहालयको अबलोकन तथा बालाजु २२ धाराको भ्रमण गरेका थिए ।
त्यसैगरी शाताव्यापी कार्यक्रमको छैटौं दिन महिला स्वास्थ्य (रजनोवृत्ति) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सहजीकरणमा व्यासी सेवा केन्द्र कार्यालयमा महिला स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको जनाएको छ । संस्थाले औपचारिक कार्यक्रमको आयोजना गरी शाताव्यापी कार्यक्रम समापन गर्ने जनाएको छ ।
Leave a comment