अन्नपूर्ण बहुमुखि सहकारीद्धारा ध्यान योग शिविर

अन्नपूर्ण बहुमुखि सहकारीद्धारा ध्यान योग शिविर :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा मुख्य कार्यालय रहेको अन्नपूर्ण बहुमुखि सहकारीले ध्यान योग शिविरको सुरुवात गरेको छ । संस्थाको संयोजनमा जेठ २३ गतेदेखि नियमित रुपमा संचालन हुनेगरी योगशिविरको सुरुवात गरेको हो । संस्थाले जिवन विज्ञानको सहकार्यमा गठ्ठाघरमा रहेको सिभिएम विद्यालयमा बिहान ७ बजेसम्म हुनेगरी शिविरको सुरुवात गरेको संस्थाकी ब्यवस्थापक शोभा अधिकारीले जानकारी दिइन् ।

त्यसैगरी संस्थाले केही समय अगाडी अन्नपूर्ण वहुमुखी सहकारी तथा मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था बिच अन्तर सहकारी कृषी तथा तरकारी बजार संचालनका प्रथम चरणको अन्तरकृया गरेको थियो।

जेठ ७ गते संस्थाको शिक्षा तथा तालिम–उप समितिको संयोजनमा संचालित एकदिने “उच्च शिक्षा परामर्श तथा उत्प्रेरणा कार्यक्रम” सम्पन्न गरेको थियो । संस्थाका अध्यक्ष श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  ३८ जना सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय प्रशिक्षक तथा उत्प्रेरक वक्ता विकाश देव योञ्जन तामाङ्गले गरेका थिए ।



Leave a comment