काठमाडौं । मधेश प्रदेश सहकारी संघ दर्ता हुने भएको छ । ध्रुवनारायण यादवको अध्यक्षतामा संघ दर्ताको लागि १५ सदस्यीय तदर्थ समिति आज गठन भएको हो । संघको तदर्थ समिति गठन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक नथुनीलाल यादव, नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका संचालक शम्भुलाल श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।
मधेश प्रदेश भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको हलमा भएको कार्यक्रमम प्रदेशका ८ जिल्लाका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको जनाइएको छ ।
Leave a comment