हाइलाइट

नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिइनेछः मुख्यमन्त्री कार्की 

नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिइनेछः मुख्यमन्त्री कार्की  :: Sahakari Akhabar

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले ल्याउने नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

शनिवार बिराटनगरमा भएको सहकारी संस्थाहरु सुसंचालनमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले उद्योगको लागि आवश्यक कच्चा पदार्थ उत्पादनको लागि सहकारीले कच्चा उद्योग संचालन गर्ने बताए ।

उनले सरकार ग्यारेन्टी बस्ने बताउदै यसबाट रोजगार सिर्जना हुने र उद्योगलाई कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने बाध्यता पनि हट्ने बताए।

सरकारले सहकारीसँगको सहकार्यमा बर्षको एउटा कच्चापदार्थ उद्योग संचालन गर्न सकियो भने बिस्तारै रोजगारी सिर्जना बढ्दै जाने र सहकारी प्रतिको नकारात्मक धारणा पनि हट्दै जाने उनले बताए ।

सहकारी भनेपछि जे पनि गर्न मिल्ने चलन बस्यो उनले भने, गरिबी उत्थानको लागि खोलिएका सहकारी धनीले धन कमाउने अखडा जस्तो देखियो ।

पैसा जम्मा गर्दा थोरै थोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकै पटक माग्न आउदा सहकारी मात्र हैन बैंकले पनि फिर्ता दिन नसक्ने बताउदै मुख्यमन्त्री कार्कीले  कतिपय सहकारी अफवाहका कारण पनि समस्यामा आएको बताए ।

उनले भने, नियमन प्रक्रिया पनि कमजोर भयो । नियमन गर्ने निकायले कस्तो नियमन गरो भनेर अब सरकारले विशेष ध्यान दिन्छ । कोशी प्रदेशका सहकारीको विकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिनेमा उनको जोड थियो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा भएको कार्यक्रममा सहकारी अभियान्ता तथा स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरुको सहभागीता रहेको छ ।



Leave a comment