हाइलाइट

मनोहरा सहकारीको सहयोगमा महिलाहरूलाई निःशुल्क स्वास्थ्य शिविर

मनोहरा सहकारीको सहयोगमा महिलाहरूलाई निःशुल्क स्वास्थ्य शिविर :: Sahakari Akhabar

भक्तपुर । मनोहरा बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा दुवाकोटमा महिलाहरूलाई निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भक्तपुर अस्पतालको आयोजनामा आधारभूत विद्यालय बेसी दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

विशेषज्ञ चिकित्सकहरूसहितको निःशुल्क स्वास्थ्य शिविर जेठ १८ गते शुक्रवारका दिन बिहान ९ः३० बजेदेखि हुने आयोजकले जानकारी दिएका छन् । शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचानसम्वन्धि परामर्श दिइनेछ ।

त्यसैगरी नाक, कान, घाँटी विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा सुगर परीक्षण, ई सिजी, एक्सरे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।

भिडियो एक्सरेका साथै अशक्त र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था रहेको छ । स्त्री रोग सम्बन्धी थप उपचार वा शल्यक्रिया गर्न पहिचान भएका बिरामीलाई भक्तपुर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत उक्त शिविरमा रहेको आयोजकले जानकारी  दिएका छन् ।

स्वास्थ्य शिविरबाट विभिन्न रोगको पहिचान गर्नुका साथै महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान समेत हुने भएकाले उक्त निःशुल्क शिविरबाट धेरै भन्दा धेरैले लाभ लिने आफूहरूले आशा गरेको भक्तपुर अस्पतालकी निर्देशक सुमित्रा गौतमले जानकारी दिइन ।



Leave a comment