चितवन । भरतपुर महानगरपालिकाले सहकारीहरुलाई आधारभुत कोपोमिस सफ्टवेयर तालिम दिएको छ । महानगरको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले महानगरपालिका भित्र रहेका कोपोमिस प्रणालीमा आवद्ध हुननसकेका एक सयभन्दा बढिसहकारी संस्थाका ब्यबस्थापकलाई तीन चरणमा कोपोमिस सफ्टवेयर कार्यन्वयन तालिम दिएको हो।
तालिमको उद्घाटन भरतपुर महानगरपालिकाका उप सचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्यालले गरेका थिए । कार्यक्रमको समापन भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख तथा वरिष्ठ शाखा अधिकृत जिवलाल कुँवरले गरेका थिए ।
तीनवटै तालिमको संयोजन भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्धन शाखामा कार्यारत सहायक कर्मचारी सावित्री पौडेल चालिसेले गरेकी थिइन् । तालिम सहकारी प्रशिक्षण विभागका प्रशिक्षक नवीन मैनाली, विभागका कोपोमिस सफ्टवेर अपरेटर सन्दिप पौडेल, अधिकृत नवीनराज रुवाली र सावित्री पौडलले सहजीकरण गरेका थिए ।
यो बर्ष भरतपुर महानगरपालिकामा संचालित ९४ प्रतिशत सहकारी संस्थाहरु कोपोेमिस प्रणालीमा आवद्ध भई संस्थाको बार्षिक र मासिक प्रतिवेदन अद्यावधिक गरेका छन् । संस्थामा नयाँ प्रवेश भएका ब्यबस्थापकहरु पनि लाभान्वित भएका छन् । अवदेखि बचत तथा ऋण लगायत कृषि, दुग्ध, बहुउद्देश्यीय तथा उत्पादक सहकारी संस्थाहरुले समेत नियमक निकयमा मासिक तथा बार्षिक बित्तिय बिबरण अद्यावधिक गर्नसक्ने जनाइएको छ ।
Leave a comment