काठमाडौं । झापा जिल्ला सहकारी संघको समन्वयमा ७९ जना बिद्यार्थीहरुलाइ छात्रवृति प्रदान गरिएको छ । कार्यक्रमलाई झापाली समाज यूयसए, झापा विकास मञ्च काठमाण्डौंको संयुक्त आयोजना गरेको हो । जिल्ला सहकारी संघको समन्वयमा जेष्ठ १५ गते तेस्रो वर्षको छात्रवृति कार्यक्रम गरेको हो ।
छात्रवृति कार्यक्रममा २५ वटा प्रारम्भिक संस्था, जिल्ला सहकारी संघ, झापाली समाज यूयस र झापा विकास मञ्च काठमाण्डौंको ५४ जनाको आर्थिक सहयोग रहेको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको सभापत्विमा सम्पन्न छात्रवृति वितरण कार्यक्रमको शिक्षा विकास समन्वय इकाई झापाका इकाई प्रमुख राजकुमार विकको प्रमुख आतिथ्यता रहेको थियो ।
त्त्यसैगरी कार्यक्रममा अन्तराष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष मुकुन्द ढुङ्गाना, झापा विकास मञ्च काठमाण्डौका अध्यक्ष डा.आनन्द श्रेष्ठ, कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीको सहभागीता रहेको थियो । यसैगरी कार्यक्रममा प्रेम कुमार कोइराला, कृष्णप्रसाद मिश्र, निरु उप्रेतीलगायतको सहभागिता रहेको कार्यक्रम संघका सचिव भवानी प्रसाद दंगालले संचालन गरेका थिए ।
योगदान गर्ने संस्थाहरुः
– पूर्वीद्वर बचत तथा ऋण सहकारी संस्था, मेचीनगर
– साहारा नेपाल बचत तथा ऋण सहकारी, विर्तामोड
– अभियान नेपाल बहुउद्देश्यीय सहकारी, अर्जुनधारा
– नवोदय बहुउद्देश्यीय सहकारी, कमल
– साना किसान कृषि सहकारी, बुधबारे
– नमस्ते बचत तथा ऋण, गौरादह
–एकता बहुउद्देश्यीय सहकारी सस्था, हल्दिबारी
– पूर्वनेपाल बहुउदेश्यीय सहकारी सस्था, कमल
– सुनकोसी बचत तथा ऋण सहकारी, बिर्तामोड
– साना किसान कृषि सहकारी संस्था, महाभारा
– गणेश बहुउद्देश्यीय सहकारी सस्था, बाह्रदशी
– आठमौजा बचत तथा ऋण सहकारी, गौरीगञ्ज
– कर्णाली बचत तथा ऋण सहकारी, बिर्तामोड
– स्वरोजगार भवानी बचत तथा ऋण सहकारी, बिर्तामोड
– नव दुर्गा वहुउद्देश्यीय सहकारी,दमक
– हाम्रो नेपाल बचत तथा ऋण सहकारी, बिर्तामोड
– न्यू पाथिभरा बचत तथा ऋण सहकारी, झापा
– बुद्धशान्ती बचत तथा ऋण सहकारी, बुद्धशान्ती
– लगनशिल कृषि सहकारी संस्था, कमल
– मखमली महिला बचत तथा ऋण सहकारी, कमल
Leave a comment