काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सामुहिक खेति प्रवर्धनकालागि अनुदान दिने बताएका छन् । उनले संघिय आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट सार्वजनिक गर्दै सामुहिक खेति प्रवर्धनकालागि अनुदान दिने बताएका हुन् ।
अपराह्न ३ बजे पछि संघिय संसदमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दे त्यस्तो खेतीकालागि सरकारी जमिन उपलब्ध गराउने जनाए । हिमाल र पाहाडमा ५० रोपनी र तराइमा १० विघा जमिन एकिकरण र चक्लाकन्दी गरी ब्यवसायीरुपमा सामुहिक पशुपालन तथा जडीबुटी खेती गर्ने ब्यक्ति फर्म तथा सहकारीलाई ब्याज अनुदान, प्राविधक सहयोग र मेशिनरी आयातमा कर छुट दिने बताए ।
Leave a comment