जनसचेतन साकोसको कूल सम्पत्ति साढे २ अर्व

जनसचेतन साकोसको कूल सम्पत्ति साढे २ अर्व :: Sahakari Akhabar

काठमाडौं । दोलखाको काब्रेमा रहेको जनसचेतन बचत तथ ऋण सहकारी संस्थाले बैशाख महिनाको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाको पछिल्लो वित्तिय बिवरण अनुसार कूल सम्पत्ति २ अर्व ५८ करोड ३१ लाख ८२ हजार ४७३ रुपैंयाँ रहेको छ ।

संस्थाका कुल २७ हजार ८७८ सदस्य मध्ये ३ हजार ७४५ जना सदस्यले ऋण सेवा लिइएको जनाइएको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार ३ हजार ७४५ सदस्यमाझ १ अर्व ७३ करोड ४३ लाख १४ हजार १०२ रुैपैंयाँ ऋण लगानी गरेको जनाइएको छ ।

त्यसैगरी संस्थामा १६ करोड ६४ लाख ४७ हजार १ सय रुपैंयाँ शेयर पूँजी तथा १ अर्व ९० करोड २२ लाख ७४ हजार २६१ रुपैंयाँ बचत रहेको जनाएको छ । त्यसैगरी संस्थाको जगेडा कोषमा १७ करोड ५८ लाख ६८ हजार १२८ रुपैयाँ र विभिन्न कोषहरुमा ११ करोड ८५ लाख १७ हजार ७६६ रुपैंयाँ रहेको जनाइएको छ ।

संस्थामा १७ करोड ८१ लाख ११ हजार ६११ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाले जनाएको छ । संस्थामा ४८ करोड १४ लाख ८९ हजार २६० रुपैंयाँ अर्थात २५.३१ प्रशित तरलता रहेको जनाइएको छ ।



Leave a comment