भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको पुस्तकालयमा नवलपरासी गैंडाकोटका प्राध्यापक प्रेम सिग्देलले ६ सयवटा पुस्तक सहयोग गरेका छन् । सिग्देलले आफ्नो घरमा रहेका नेपाली र अंग्रेजी भाषाका साहित्यिक, सामाजिक इतिहाससँग सम्बन्धित किताब उपलब्ध गराएका हुन् ।
सहकारी संस्थाले पठन संस्कृतिको विकासका लागि संस्थाको कार्यालयमा पुस्ततकालय स्थापना गरेको थियो । त्यसैगरी पुस्तकालयलाई यसअघि कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले पुस्तक राख्ने तखाता र पुस्तक सहयोग गरेका थिए । साथै सम्पूर्ण किताब नारायणगढले पनि केही पुस्तक सहयोग गरेको संस्थाका व्यवस्थापक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
संस्थाका सचिव रामकृष्ण पौडेलले पुस्तकालय स्थापनामा सहयोग गर्ने प्रेम सिग्देललगायत सबैलाई धन्यवाद दिँदै कार्यालय समयमा पुस्तकालयको प्रयोग गर्न सबैलाई आह्वान गरे । उनले सबै वर्ग र उमेर समूहलाई लक्षित गरेर किताब सङ्कलन गरिएको बताए ।
Leave a comment