हाइलाइट

पहिलो पटक साकोस कोषाध्यक्ष गोष्ठी हुने

पहिलो पटक साकोस कोषाध्यक्ष गोष्ठी हुने :: Sahakari Akhabar

काठमाडौं । पहिलो पटक ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साकोस कोषाध्यक्ष गोष्ठी गर्ने भएको छ । संघले यही जेठ १८ र १९ गते दुईदिन जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्षित गोष्ठी गर्न लागेको हो ।

सहकारी संस्थाको संस्थागत विकासका लागि आवश्यक विषयहरुलाई समेट्दै धुलिखेलको मिरावेल रिर्सोटमा २ दिने आवासिय साकोस कोषाध्यक्ष गोष्ठी २०८१ गर्नलागिएको संघका अध्यक्ष रामहरी बजगाइले बताए । कतिपय सहकारीमा संचालकहरुले आफ्नो भूमिका नबुझेरपनि समस्या आइरहेकोले सहकारीमा कोषाध्यक्षको दायित्वका बारेमा गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बजगाईको भनाई छ ।

संघले यसअघि अध्यक्ष तथा लेखा समितिका विषयमा गोष्ठी गरिसकेको र संस्थामा कोषाध्यक्षको निष्कृय भूमिकालाई सकृय बनाउन यो गोष्ठी आयोजना गरिएको उनले बताए । गोष्ठीमा नेपाल राष्ट्र बैंक, पूर्व अर्थ मन्त्रीलगायत विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने र वृहतरुपमा छलफलको सेसन संचालन गरिने अध्यक्ष बजगाइले बताए ।

उनले न्यून शूल्कमा सिमित सहभागी राखेर प्रभावकारी कार्यक्रम गर्ने जनाए । सहकारीमा पहिलो पटक हुनलागेको सहकारीका कोषाध्यक्ष गोष्ठीमा संस्थाका कोषाध्यक्षहरुले यसको महत्व, कर्तव्य र जिम्मेवारीको विषयमा प्रष्ट हुने अपेक्षा गरिएको संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाइले बताए ।

संस्थामा रहेका पदाधिकारीले पदको जिम्मेवारीका बारेमा नबुझेर पनि समस्या आएको हुनाले गोष्ठीले ती कुरा चिर्न सफल रहने उनको भनाई छ । साथै एकसय सहकारीका कोषाध्यक्षहरुमात्र सहभागी गराइने भएकोले गोष्ठीमा सहभागी हुन समयमा नै नाम दर्ता गराउन पनि आग्रह गरे । उनले नाम दर्ता फारमको लागि संघको वेभसाइटबाट डाउनलोड गर्न सकिने पनि जानकारी दिए ।



Leave a comment