काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यले उत्पादन गरेको बस्तुको बजारीकरणकालागि मेलाको आयोजना गर्नथालेको छ । गत शनिबार संस्थाको ओमन्स क्रियसन सेवाकेन्द्रको ओमन्स क्रियशन उद्यमी महिला समूहद्वारा लघुउद्यमी मेला आयोजना गरेको थियो ।
संस्थाको सेवाकेन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नं ६ गणेश चोकमा हरेक महिनाको अन्तिम शनिवार यस प्रकारको उद्यमी मेला आयोजना हुँदै आईरहेको जनाएको छ । मेलामा संस्थाका सदस्यहरुले आफ्ना वस्तु, सेवा र उत्पादनहरुको प्रदर्शनी गर्ने गर्छन् र मेलामा स्थानीयहरु सहभागी भई बजारीकरण हुने गरेको छ ।
चन्द्रागिरि साकोसले समय समयमा विभिन्न कार्यक्रमहरुको अवसर पारी सदस्यहरुको वस्तु, सेवा र उत्पादनहरुको प्रदर्शनीमा सहजीकरण गर्दै आईरहेको र सदस्यहरुको सीपको डाटाबेस समेत संस्थाले राख्ने गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठले जानकारी दिए ।
संस्थाले मुख्य कार्यालय र दहचोक सेवाकेन्द्र त्यसैगरी ललितपुरको शुभतारा सेवाकेन्द्र र पाटन सेवाकेन्द्र अन्तर्गत रहेका सदस्यहरुले पनि यस प्रकारको उद्यमी मेला आयोजना गर्ने ईच्छा भएमा संस्थामा सम्पर्क गर्न सकिने जनाइएको छ ।
Leave a comment