Sahakari Akhabar

बिरामी भएर उपचार गर्न जाँदापनि आफूमाथि राजनीति भयो :केबी उप्रेती 

बिरामी भएर उपचार गर्न जाँदापनि आफूमाथि राजनीति भयो :केबी उप्रेती  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । नेफ्स्कूनको आयोजनामा काठमाडौंमा आजबाट सुरु भएको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै अध्यक्ष उप्रेतीले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको बताए ।

उनले भने ‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा भयो, जुन दुखद हो, आफू आवद्ध राजनीतिक दलबाट पनि असहयोग हुने, आफ्नै साथीहरुले गलत अभ्यास गरेर राजनीति गर्ने रहेछन्,’ उनले गुनाँसो गर्दै भने । उनले वर्तमान सहकारी समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे ।



Leave a comment