Sahakari Akhabar

नेचुरल बचत तथा ऋण सहकारी १७ वर्षमा

नेचुरल बचत तथा ऋण सहकारी १७ वर्षमा :: Sahakari Akhabar

काठमाडौं । बैद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६ बर्ष पूरा गरेको छ । संस्था बैशाख २४ गतेबाट १७औं वर्षमा प्रवेश गरेको हो । संस्थाको १७औं स्थापना दिवसको अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य र शुभचिन्तकहरुमा संस्थाले शुभकामना व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, संस्थामा आवद्ध सदस्यहरुको विश्वासले आजको विषम परिस्थितीमा पनि सवल वित्तीय अवस्था र गुणस्तरीय सेवा प्रदान गर्न संस्था सफल भएको संस्थाकी अध्यक्ष शर्मिला अमात्यको भनाइ छ ।

सहकारीहरुको भीडमा नेचुरल सहकारीले छुट्टै पहिचान बनाउन सफल भएको र वर्तमान अवस्थामा पनि सदस्यता वृद्धि, बचत वृद्धि, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुका धेरै सफलताहरु निर्माण गर्दै अगाडि बढेको विज्ञप्तीमा उल्लेख छ ।

स्वनियमन एवं सुशासन युक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रुपमा स्थापित गर्ने संस्थाले लक्ष्य लिएको जनाइएको छ । संस्थाले वित्तीय कारोबारसँगै प्रविधि मैत्री सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यहरुमा संस्था निरन्तर क्रियाशिल रहेको संस्थाकी अध्यक्ष अमात्यको भनाइ छ ।

साथै संस्थालाई सहकारीको मूल्य, मान्यता र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालनामा सदैव प्रतिवद्ध रहँदै सदस्यको बचत र लगानीको सुरक्षाको प्रत्याभूति दिने संस्थाका सचिव विकल्प पाठकले जनाए । साथै आगामी दिनहरुमा पनि स्तरिय एवं विश्वसनिय वित्तीय सेवा प्रदान गर्दै जाने संस्थाको प्रतिवद्धता छ ।



Leave a comment