हाइलाइट

मोरङमा साकोसका अध्यक्ष र सचिवको गोष्ठी सम्पन्न 

मोरङमा साकोसका अध्यक्ष र सचिवको गोष्ठी सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङले जिल्लाका साकोसका अध्यक्ष तथा सचिवस्तरिय गोष्ठी गरेको छ । संघले बैशाख २२ गते मोरङको उर्लाबारीमा २०औं अध्यक्ष सचिव गोष्ठी सम्पन्न गरेको हो ।

गोष्ठीमा बचत संघका सचिव जीवन बस्नेतले सहकारीपनका लागि सदस्य केन्द्रीयता, स्वनियमन र सुशासन तथा कोशी प्रदेशका निमित्त सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले सहकारीमा जोखिम अवस्था विश्लेषण तथा जोखिममा आधारित अनुगमन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । संघका बरिष्ठ उपाध्यक्ष एकराज निरौलाले संघको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।

संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाको अध्यक्षतामा भएको गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेल प्रमुख अतिथि रहेका थिए । यसैगरी गोष्ठीमा पूर्व सांसद घनश्याम खतिवडा, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्वती बरालको सहभागीता रहेको थियो ।

कार्यक्रममा संघका सल्लाहकारहरु, सदस्य संस्थाका प्रतिनिधिहरु, उपसमिति सदस्यहरु, पत्रकार, नेफ्स्कून फिल्ड कार्यालयका प्रमुखहरु, सहकारी कर्मचारी सङ्गठनका अध्यक्षहरु गरी २ सय ८३ जनाको उपस्थिति रहेको थियो ।



Leave a comment