काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी सस्थाले शिव मन्दिरमा ट्रष्टको छाना निर्माण गरेको छ । संस्थाले सहकारीको समुदायप्रतिको चासोलाई आत्मासाथ गर्दै बरहथवा नपा–२ हजारियामा रहेको नागेश्वर शिव मन्दिरमा ट्रष्टको छाना निर्माण गरेका हो । संस्थाले सदस्यहरुको माग बमोजिम १ लाख बिस हजार लागतमा छाना निर्माण सम्पन्न गरिएको छानाको रकम हस्तान्तरण गरेको छ ।
संस्थाका कावा अध्यक्ष तारादेबी सुवेदी पोखरेलको अध्यक्षतामा बरहथवा नपाका प्रमुख कल्पना कटुवालको प्रमुख आतिथ्यतामा शिव मन्दिर समितिका अध्यक्ष केदार खड्कालाई रकम हस्तान्तरण गरेको थियो । कार्यक्रममा मेयर कटुवालले सगुन समुदायको साथी रुपमा पाएको र आफू पनि यसको सदस्य भएकोमा गर्व लागेको बताइन् ।
कार्यक्रममा संस्थाको सचिव राजकुमार उप्रेतीले संस्थाको आर्थिक पाटो र सामाजिक पाटोको बिषयमा अन्तरक्रिया सहित छलफल गरेका थिए । कार्यक्रममा संस्थाका संचालकहरु, ब्यवस्थापनका कर्मचारी सहित ९२ जना स्थानियको उपस्थिति रहेको कार्यक्रममा संस्थाका बरहथवा सेवाकेन्द्र उपसमिति सदस्य हरिबहादुर काफ्ले स्वागत मन्तब्य राखेका थिए ।
Leave a comment