हाइलाइट

आभाष बचत तथा ऋण सहकारीद्धारा ज्येष्ठ सदस्यलाई सम्मान

आभाष बचत तथा ऋण सहकारीद्धारा ज्येष्ठ सदस्यलाई सम्मान :: Sahakari Akhabar

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले ७० बर्ष पुरा भएका १९१ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको  हो ।

संस्थाका  मुख्य प्रबन्धक सुवाष वैद्यले संस्थाले २०७४ साल देखि ७० वर्ष उमेर  पुगेका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको बताए । संस्थाले यस बर्ष अकिलबहादुर शाहीलाई उत्कृष्ट बचत गर्ने जेष्ठ सदस्यका रुपमा सम्मान गरेको छ ।

संस्थाले जेष्ठ सदस्यहरुलाई थर्मस, हटकेस र कप उपहार प्रदान गरेको  थियो ।  प्रबन्धक वैद्यका अनुसार यो वर्ष बनेपा मुख्य कार्यालयबाट १ सय ६३ जना, पनौती सेवा केन्द्रबाट १४ र भकुण्डे सेवा केन्द्रबाट १४ जना गरी १ सय ९१ जनालाई सम्मान गरिएको छ ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले ज्येष्ठ नागरिकाको सम्मान, आवश्यक सेवा र उचित पालनपोषण गर्नु पर्ने बताए । उनले आभाषले वर्षेनी ज्येष्ठ नागरिकको सम्मान गर्दै समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

संस्थाका अध्यक्ष दिनेशराज कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका वडा अध्यक्षहरु, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायश्थ, संस्थाका उपाध्यक्ष ग्रुवेन तौजले, प्रकाश कायश्थ लगायतले ज्येष्ठ नागरिकहरु परम्परा, चलन र सांस्कृतिका वाहक भएकोले आभाष सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेकोमा प्रशंसा गरेका थिए ।



Leave a comment