हाइलाइट

बागमती प्रदेश सहकारी संघको रामेछापमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम

बागमती प्रदेश सहकारी संघको रामेछापमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघले रामेछापको मन्थलीमा ६ दिने आधारभूत सहकारी व्यवस्थापन तालिम गरेको छ । रामेछाप जिल्ला सहकारी संघले आयोजना गरेको तालिमलाई बागमती प्रदेश सहकारी संघले प्राविधिक सहयोग गरेको थियो । तालिम रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघको सहकार्यमा सम्पन्न भएको हो ।

बागमती प्रदेश सहकारी संघका व्यवस्थापक रुपक घिमिरेको सहजिकरणमा रामेछाप जिल्लाका विभिन्न २५ वटा सहकारीबाट ३० जना संचालक तथा व्यवस्थापकहरुको सहभागिता रहेको कार्यक्रम बैशाख १६ गते सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रम रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षता, बागमती प्रदेश सहकारी संघका व्यवस्थापक रुपक घिमिरे, जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठ, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव शिवराज श्रेष्ठ र व्यवस्थापक रमा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र र प्रशिक्षकलाई कदरपत्र बितरण गरिएको थियो ।



Leave a comment