हाइलाइट

नवदुर्गा भवानी साकोसको बार्षिक उत्सवमा जेष्ठ सदस्यलाई लठ्ठी उपहार

नवदुर्गा भवानी साकोसको बार्षिक उत्सवमा जेष्ठ सदस्यलाई लठ्ठी उपहार :: Sahakari Akhabar

भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरि १६ औँ स्थापना दिवस मनाएकको छ । सोमबार संस्थाले स्थापना दिवसको अवसरमा भरतपुर ५ शान्ति चोकमा कार्यक्रम आयोजना गरी ७१ वर्षदेखि माथि उमेरसमूहका ज्येष्ठ सदस्यलाई नवदुर्गा सहारा लठ्ठी र रुद्राक्षको माला बितरण गरेको छ ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा र कार्यक्रमका प्रमुख अतिथि  भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले ज्येष्ठ सदस्यलाई रुद्राक्षको माला र लठ्ठी दिएका थिए । कार्यक्रममा लोक सांस्कृतिक नाच, स्थानीय विद्यालयका विद्यार्थी, स्थानीय संघ सस्था र आमा समूहले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

त्यसैगरी ज्येष्ठ सदस्यद्धारा १०८ दीप प्रज्ज्वालन गरी कार्यक्रम समापन गरिएको थियो ।  कार्यक्रममा अतिथिलगायत संचालक, सल्लाहकार, लेखा समिति ऋण उपसमिति, कर्मचारीको सहभागीता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा विभिन्न उपसमितहरु टोल ईकाई समिति, टोल विकास संस्था टोल महिला समुह स्थानिय बिद्यालय तथा उपस्थितहरुलाई सस्थाकी उपाध्यक्ष सम्झना शर्माले स्वागत र संस्थाका सचिव रामकृष्ण पौडेलले सहजीकरण गरेका थिए ।



Leave a comment