Sahakari Akhabar

जिल्ला सहकारी सघ चितवनद्धारा संचालकलाई तालिम 

जिल्ला सहकारी सघ चितवनद्धारा संचालकलाई तालिम  :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी सघ चितवनले संघ संस्थाका संचालकहरुलाई क्षमता वृद्धि तालिम दिएको छ । संघको शिक्षा तथा तालिम उपसमितिको सयोजनमा सघका संचालक, सल्लाहकार, लेखा तथा बिभिन्न उपसमितिहरुका साथै बिषयगत सघहरुका अध्यक्षहरुलाई दुईदिने तालिम दिएको हो ।

बैशाख १४ र १५ गते संचालकहरुका लागि क्षमता अभिबृद्धि तालिम दिएको हो । तालिम राष्ट्रीय सहकारी महासघका नायब महाप्रबन्धक बाबुल खनालले सहजीकरण गरेका थिए ।

कार्यक्रम शिक्षा तथा तालिम उपसमितिका सयोजक एवं सघका सचिव शरदकुमार बर्तौलाको अध्यक्षतामा सघका अध्यक्ष श्री भक्तिराम अधिकारीको प्रमूख आतिथ्यता सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रीय सहकारी महासघकी सन्चालक पार्वती न्यौपाने, नेपाल कृषी केन्द्रीय सहकारी सघका सचिव हरिप्रसाद पौडेल, बागमती प्रदेश सहकारी सघका कोषाध्यक्ष टिकाराम भट्टराईलगायतको सहभागिता रहेको थियो ।



Leave a comment