काठमाडौं । सिक्किम सहकारी संघका अध्यक्ष बागमती प्रदेश सहकारी संघ भ्रमणमा आएका छन् । बागमती प्रदेश सहकारी संघमा १४ गते शुक्रबार सिक्किम राज्य सहकारी संघका अध्यक्ष टासी अोङ्डुप लेप्चा अध्ययन भ्रमणमा आएका हुन् ।
उनलाई बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले स्वागत गरेका थिए । नेपाल भ्रमणमा रहनुभएका लेप्चा राज्यस्तरीय सहकारी समन्वयका लागि आवश्यक छलफल गर्न र भावी समन्वयको योजनाका लागि प्रदेश संघमा आएका हुन् ।
लेप्चालाई स्वागत गर्दै संघका अध्यक्ष शर्माले बागमती प्रदेश भित्रको सहकारी अभियानको बारेमा जानकारी गराएका थिए । त्यसैगरी अध्यक्ष लेप्चाले सिक्किम राज्यको सहकारी अभियानको बारेमा जानकारी गराएका थिए ।
आपसी हितका साथै सम्बन्ध विस्तारका विभिन्न विषयमा छलफल भएको सो कार्यक्रममा नेपाल पर्यटन केन्द्रीय सहकारी संघका सञ्चालक हरिशरण गिरी र बागमती प्रोस्कूनका सञ्चालक इन्द्र घिमिरेकोसमेत उपस्थिति रहेको थियो ।
Leave a comment