विराटनगर । जागरूक बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसाय कर्जा उपलब्ध गराएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा जागरूक बचत तथा ऋण सहकारी संस्थाले २५ जना युवालाई व्यवसाय स्वरोजगार कर्जा उपलब्ध गराएको हो ।
युवा तथा साना व्यवसायलाई स्वरोजगार कर्जा अभिमुखीकरण गरी चेक हस्तान्तरण गरिएको संस्थाका सचिव उमेश गुरुङले जानकारी दिए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा सहजकर्ता पूर्ण दाहालले अभिमुखीकरण गरेपछि कर्जा वितरण गरिएको थियो ।
व्यवसाय स्वरोजगार कर्जा अन्तरगत ५० हजार देखि २ लाखसम्म कर्जा प्रवाह भएको संस्थाका कोषाध्यक्ष दामोदर निरौलाले जानकारी दिए । उनका अनुसार २५ जनालाई ३० लाख सहुलियत दरमा कर्जा प्रवाह भएको छ । व्यवसाय संचालनका लागि कोषको सचिवालयले ६० प्रतिशत ब्याजमा अनुदान प्रदान गर्ने छ ।
साथै ८ प्रतिशत ब्याजमा ऋण प्राप्त गरेका युवाले सञ्चालन गरेको व्यवसायको बिमा समेत सरकारले गर्ने व्यवस्था छ । जागरूक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुनाङ सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर १५ का वडा अध्यक्ष प्रकाश साहले चेक हस्तान्तरण गरेका थिए ।
Leave a comment