हाइलाइट

पाँचतारा सहकारीको स्थापना दिवसमा जेष्ठ सदस्यलाई पोषण र भत्ता

पाँचतारा सहकारीको स्थापना दिवसमा जेष्ठ सदस्यलाई पोषण र भत्ता :: Sahakari Akhabar

काठमाडौं । पुरानो सिनामंगल पेप्सिकोलामा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुलाई पोषण तथा भत्ता समेत बितरण गरेको छ ।

सहकारीहरु सदस्य केन्द्रीत हुन नसकेको आरोप खेपीरहेका बेला पाँचतारा सहकारीले भने सदस्यको मन जित्ने काम गर्दै आएको सदस्यहरुको भनाई छ । संस्थामा आवद्ध सदस्यहरुलाई उनीहरुको उमेर समुह अनुसार विभिन्न समितिमा जोडेर संस्था अगाडी बढेको छ ।

संस्थाले १६ औं बार्षिकउत्सवको अवसरमा आज ७० बर्ष माथीका जेष्ठ सदस्यहरुलाई सम्मान तथा भत्ता विरतण गरेको हो । संस्थाले स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी ७५ बर्ष माथिका ५ जना सदस्यालाई खादामाला, प्रमाणपत्र, भत्ता र पोषणयुक्त खाने कुरा प्रदान गरेको छ भने ४८ जना सदस्यहरुलाई २ हजारको दरले भत्ता प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले प्रदान गरेको सम्मान र भत्ताले जेष्ठ सदस्यहरु दङ्ग परेका थिए । सदस्यहरुले सहकारी भनेको पाँच तारा जस्तो हुनु पर्ने र अरु सहकारीले पनि पाँच तारा बाट सिक्नु पर्ने बताए । स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुलाई सम्झेर सम्मान गरेकोमा उनीहरुले खुशी हुँदै संस्थाको प्रशंसम्सा गरे ।

सहकारीप्रति समाजमा अपभ्रम फैलाइएको भन्दै उनीहरुले त्यसको सामना गर्नु पर्ने र संस्थाको बारेमा अरुले नराम्रै भने पनि बुझेर मात्र प्रतिक्रिया दिनु पर्ने बताए । पाँच तारा सबै सदस्यको संस्था भएकाले बजार आएको नकरात्मक कुराको पछाडी नलागी संस्थालाई अझ बलियो र मजवुद बनाउन लाग्नुपर्ने सदस्यहरुले बताए ।

संस्थाका सल्लाहकार तथा आज सम्मानित भएका सदस्य मदनराज घिमिरेले बजारमा सहकारीप्रति फरक धारणा विकास भएको भन्दै त्यसलाई निरुपण गर्न सबै सदस्य लाग्नु पर्ने बताए । पाँच तारा सहकारीलाई यस भेगकै नमुना संस्था बनाउन सकिने भन्दै उनले यसका लागि सदस्यहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए।

सक्रिय सदस्य भए मात्र  सहकारी राम्रो हुने हुँदा सबै सदस्य सोही अनुरुप अगाडी बढ्नु पर्ने उनको भनाई छ । त्यसैगरी अर्का सम्मानित व्यक्ति तथा संस्थाका सदस्य डम्बर बहादुर तुम्बाहाम्फेले पाँच तारा सहकारीले अन्य संस्थाको तुलनामा धेरै राम्रो काम गर्दै आएको बताए ।

उमेरले ७५ बर्ष नाघेका तुम्बाहाम्फे पाँच ताराले एटीएम लगायतको सेवा ल्याएकाले आफु सदस्यको बनेको बताए । आफुलाई पैसा चाँहिदा एटीएमबाट झिक्ने गरेको र घर छेउमा नै संस्था भएकाले सेवा लिन सजिलो भएको उनले बताए ।

संस्थाले हरेक उमेर समुहका सदस्यहरुलाई समेटेर विभिन्न कार्यक्रम गर्दै आएको र जेष्ठ सदस्यहरुलाई सम्झेर सम्मान गरेकोमा उनले खुशी व्यक्त गरे । संस्थाका सञ्चालक समिति र ऋण उप समितिले पारदर्शिता कायम गर्दै संस्था सञ्चालन गर्दा समस्या नआउने उनको भनाई छ ।

कतिपय संस्थाहरुले जथाभावी ऋण लगानी गरेकाले असुलीमा समस्या हुँदा पनि समस्या आएको भन्दै उनले गलत ठाउँमा ऋण लगानी नगर्न उनको आग्रह छ । मुलुकका लागी सहकारी आवश्यक रहेको भन्दै उनले अर्थतन्त्रलाई माथी उठाउने खम्बा नै  सहकारी भएको बताए ।

सहकारी मार्फत तराईको जमिनलाई एकीकृत गरी आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्न सके कृषिमा मुलुक आत्मनिर्भर हुन सक्ने उनको भनाई छ । सदस्यहरुले इमानदारीपूर्वक कारोबार गरे सहकारीमा समस्या नै नआउने उनको बुझाई छ ।

संस्थाकी अर्का महिला सदस्य उर्मिला घिमिरेले सदस्यहरुको सामुहिका प्रयासबाट मात्रै संस्थालाई माथी लैजान सकिने बताईन् । संस्थालाई अगाडी बढाउन सदस्यहरु नै सक्रिय हुनुपर्ने र संस्थाकोहरेक गतिविधिमा सहभागी जनाउनु पर्ने उनको धारणा छ । संस्थाले जेष्ठ सदस्यलाई गरेको सम्मानले आफु खुशी भएको भन्दै उनले यस्ता सम्मानले संस्थाप्रति सदस्यको अपनत्व बढेर जाने उनको भनाई छ ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने नाराका साथ २०७२ देखि संस्थाले जेष्ठ सदस्यलाई सम्मान गर्दै आएको बताए । अरुहरुलाई देखाउन भन्दा पनि सदस्यहरुको सम्मानका लागि अन्तरआत्मा देखि नै संस्थाले सम्मान गर्ने गरेको उनको भनाई छ ।

यसका  साथै संसथाले सहकारी अभियानका अग्रजहरुलाई पनि समनको थालनी पाँच ताराबाट सुरु गरेको उनले बताए । संस्थाले गर्दै आएके सहकारी अभियान्ता सम्मानलाई यस बर्षको लागि मात्र स्थगित गरेको र आगामी बर्षदेखि यसलाई फरक तरिकाले अगाडी बढाउने पाठकको भनाई छ ।

अभियान्ता सम्मानलाई अगाडी बढाउन पहिलो पाँचतारा र व्यक्तित्वबाट सम्मानितछ हुनु भएका राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिप प्रकाश बास्कोटाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको र समितिले सिफारिस गरेको व्यक्तिलाई सम्मान गर्दै जाने उनले जानकारी दिए ।

संदस्यहरुलाई जागरुक गराउन संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको उनले जनाए । सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न संस्थाले मोबाईल बैकिङ्ग, एटीएम सेवा र अन्य फन्ड ट्रान्सफर सुविधा सञ्चालनमा ल्याएको उनले बताए।

संस्थाले विभिन्न समिति तथा उप समिति बनाएर अगाडी बढेको र नेर्ततव हस्तान्तरण गर्दै जाने पाठकले जनाए ।  संस्थालाई आजको दिनसम्म राम्रो बनाउन लागि परेको र भोलीका लागी योजना बनाएर अगाडी बढ्ने उनले बताए ।

संस्थाको समग्र कारोबारलाई बढोतरी गर्न सदस्यहरुको साथ र  सहयोग आवश्यक पर्ने भन्दै उनले सबैलाई सहयोग गर्न आग्रह गरे । २०६४ सालमा यस भेगमा कुन्े पनि बैंक् तथा वित्तीय संस्थाको शाखा नभएको र वित्तीय कारोबार गर्न कोठेश्वर जानु पर्ने अवस्था रहेकाले त्यसको अन्त्य गर्न सहकारी सुरु गरेको उनले बताए ।



Leave a comment