हाइलाइट

रुपन्देही बचत संघद्वारा संचालकहरूको क्षमता अभिवृद्धि तालिम 

रुपन्देही बचत संघद्वारा संचालकहरूको क्षमता अभिवृद्धि तालिम  :: Sahakari Akhabar

रुपन्देही । रुपन्देही बचत तथा ऋण सहकारी संघले सहकारीका संचलकहरुको क्षमता अभिवृद्धि तालिम दिएको छ । संघका अध्यक्ष बसन्तप्रसाद ढकालको अध्यक्षतामा भएको तालिममा ८३ वटा संस्थाबाट १०२ जनाको उपस्थिति रहेको थियो ।

डाटा हव प्रालिको सहकार्यमा संघले मंगलबार निशुल्क सहकारी क्लाउड संवाद एंव अध्यक्ष तथा संचालकहरूको क्षमता अभिवृद्धि तालिम गरेको हो । कार्यक्रम २७ गते दुईवटा सेसनमा संचालन गरिएको थियो । पहिलो सेसनमा डाटा सेन्टर तथा क्लाउड होस्टिङ प्रविधि सम्बन्धि प्रस्तुतीकरण डाटा हवका प्रवन्धक दिपक श्रेष्ठले र दोस्रो सेसन प्रशिक्षक मुकुन्द ज्ञवालिले प्रस्तुत गरेका थिए ।

कार्यक्रममन संघका कोषाध्यक्ष भोजबहादुर बुढाथोकी, लेखा सुपरिवेक्षण समिति संयोजक पुरूषोत्तम आचार्य, संचालक एंव शिक्षा उपसमिति संयोजक खेमराज पाण्डे, संचालक अशोक कुमार तिवारी, रामप्रसाद पौडेल, निर्मला अधिकारीको उपस्थिति रहेको थियो ।

त्यसैगरी लेखा सदस्य धना खनाल, सामाजिक उद्यमी सहकारी संघका अध्यक्ष भगवती बस्याल, सहकारी प्रर्वधन उपसमिति सदस्य नगेन्द्र पाण्डे, युवा उपसमिति सदस्य गणेश सापकोटा, सदस्य प्रेम बहादुर गोदार, ऋण उपसमिति सदस्य शंकर गुरूङ, संघका व्यवस्थापक शर्मिला गौतम भट्टराइ, प्रोस्कून व्यवस्थापक तारा गौतमको उपस्थिति रहेको थियो ।



Leave a comment