Sahakari Akhabar

सबैको साकोसको तेश्रो एकीकरण दिवसका अवसरमा विभिन्न कार्यक्रम

सबैको साकोसको तेश्रो एकीकरण दिवसका अवसरमा विभिन्न कार्यक्रम :: Sahakari Akhabar

रुपन्देही । तिलोत्तमा नगरपालिका मणिग्राममा मुख्य कार्यालय रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाको तेश्रो एकीकरण दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ। २०७७ साल चैत्र २९ गते रुपन्देहीका विभिन्न ११ वटा सहकारीहरु एकैपटक एकीकरण भई सबैको बचत तथा ऋण सहकारी संस्था भएका थिए ।

संस्थाले स्थापना दिवसको अवसरमा चैत २६ गते संस्थाका ७५ बर्ष पुगेका जेष्ठ सदस्यहरुलाई एक दिने भ्रमण कार्यक्रम सहित जेष्ठ सदस्य सम्मान गरेको थियो । संस्थाले यस बर्ष ७५ बर्ष नाघेका ४७ जना सदस्यहरुलाई सम्मान गरेको छ ।

चैत्र २७ गते भैरहवामा रहेको श्री सत्य साई बृद्ध सेवा आश्रममा आश्रित असहाय बृद्ध बृद्धाहरुका लागि नियमित प्रयोग हुने औषधि गरेको छ । संस्थाले आश्रमका १९ जना आश्रितहरुलाई २ महिना पुग्ने ४७ थरिका औषधिहरु हस्तान्तरण गरिएको जनाइएको छ ।

औषधि हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार तथा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालको उपस्थिति रहेको थियो । संघका अध्यक्ष् नेपनलले बृद्धहरुको सम्मान र सेवाले समाजमा असल संस्कृती र सत्चरित्रको विकास गर्ने बताए ।

आश्रमका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार प्रकाश भट्टराईले सहकारीको सिद्धान्त समुदाय प्रतिको चासो अन्तर्गत सबैको सहकारीले वास्तविक सहयोगापेक्षिलाई सहयोग गरेकोमा खुसि ब्यक्त गरे । कार्यक्रमका संयोजक संस्थाका सचिव देवानन्द पाण्डेयले संस्थाको तर्फबाट करिब ३५ हजार रुपैयाको औषधी हस्तान्तरण गरे ।

त्यसैगरि चैत्र २८ गते संस्थाको आयोजनामा बृहद रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा विगतको परम्परा अनुसार करिब १०० पोइन्ट रगत संकलन हुने कार्यक्रम संयोजक चक्र पाठकले जानकारी दिए ।

संस्था एकीकरण हुनु अगाडि देखिनै हरेक चैत्रमा रक्तदान हुदै आएको थियो ।  एकीकरण प्रमाणपत्र प्राप्त गरेको चैत्र २९ गते संस्थाले चियापान तथा नयाबर्ष २०८१ को शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

संस्थाले गत साता संस्थाका सदस्य तथा गैरसदस्यहरु रहेको विभिन्न तिलोत्तमा नगर पालिकाका विभिन्न टोलहरुमा रहेका ३५ वटा आमा समूहहरुको समन्वयमा एल.पि. ग्यास चुलो र यसबाट हुन सक्ने दुर्घटना न्यूनिकरण र जोखिम ब्यवस्थापन तथा भान्साका उपकरणहरुको आधारभूत मर्मत सम्बन्धि अभिमुखिकरण तालिम समेत सञ्चालन गरेको थियो । विभिन्न ७ स्थानमा सञ्चालित तालिममा करिब ६०० महिलाहरुको सहभागित रहेको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार रामचन्द्र ढकालले जेष्ठ ब्यक्तित्वहरुलाई सम्मानित गर्ने परम्पराले समाजमा जेष्ठ सदस्यहरुलाई उत्साह थपेको बताए । सम्मानित सदस्य गुणाकर अर्यालले संस्था विशाल भएको र यो बिशालताको झलक सम्मान देखाएर प्रकट गरेको बताए ।

संस्थाका अध्यक्षल भरत भुषालले संस्था एकिकरण र यसको प्रभाव, एकीकरण पछि गरिएका असल अभ्यासका बारेमा जानकारी गराए । जेष्ठ सदस्यको एकदिने भ्रमण तथा सम्मान कार्यक्रममा कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष चुरामणि पाण्डेयले धन्यवाद ज्ञापन गरेका थिए ।



Leave a comment