हाइलाइट

जिल्ला स्तरिय सहकारी लोक दोहोरी प्रतियोगितामा श्री नवदुर्गा साकोस प्रथम

जिल्ला स्तरिय सहकारी लोक दोहोरी प्रतियोगितामा श्री नवदुर्गा साकोस प्रथम :: Sahakari Akhabar

काठमाडौं । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काभ्रेले आयोजना गरेको जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगितामा श्री नवदुर्गा साकोसले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा बुडोल सामुदायिक साकोस दोस्रो, अग्रसर पञ्चामृत बहुउद्देश्यीय सहकारी तेश्रो र कल्याणकारी बहुउद्देश्यीय सहकारीले सान्त्वना स्थान हासिल गरे । सहकारी बीच भएको लोक दोहोरी प्रतियोगितामा ३० सहकारीको सहभागिता रहको थियो ।

दोहोरी प्रतियोगितामा सहकारी सम्बन्धि सन्देशमुलक लोकदोहोरी गीत प्रस्तुत गरिएको थियो  । जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिए । प्रतियोगिताका प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रिय उपाध्यक्ष द्वय सुवास केसी र राधिका हमाल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल बागमती प्रदेशका अध्यक्ष बासु सिमखडा र वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा निर्णायक भूमिकामा रहेका थिए ।



Leave a comment