भरतपुर । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान तथा वार्षिक योजना निर्माण कार्यक्रम गरेको छ । कार्यक्रममा सदस्यहरू बिच शुभकामना आदानप्रदान गर्दै २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो ।
कार्यक्रममा संस्थाको शिक्षा उपसमितिका सदस्य गणेश श्रमणद्वारा लिखित कविता कृति आगो लिएर गाउँ गाउँ माझको पनि चर्चा गरिएको थियो । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सम्झना शर्माले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा व्यवस्थापक बिष्णुप्रसाद पौडेलद्वारा संस्थाको आर्थिक तथा वित्तीय प्रतिवेदन तथा संस्थाका सचिव रामकृष्ण पौडेलले चैतसम्म गरेका कार्यक्रम र आगामी आर्थिक वर्ष ०८१र०८२ मा गर्न लागिएका योजना प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका सल्लाहकार, निवर्तमान अध्यक्ष र संस्थापक अध्यक्षका साथै शेयर सदस्यहरु बिच शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर ५, का वडा अध्यक्ष युद्धप्रसाद श्रेठले नवदुर्गा भवानी सहकारी आफ्नो वडामा रहेर पनि चितवन जिल्लाकै उत्कृष्ट सहकारी रहेको र यसले आफ्नो कार्यक्षेत्रभित्र सुशासनमा रहेर सदस्यको विश्वास जित्न सफल भएको बताए ।
वडाअध्यक्ष श्रेष्ठले नवदुर्गा भवानी सहकारीका सदस्यको विश्वासलाई कदर गर्दै ऋणी सदस्यलाई पनि ऋण तिर्न विशेष अनुरोध गरेका थिए । चालू आर्थिक वर्षको चैत २० गते चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्लाभरी रहेका बचत तथा ऋणलाई स्वमूल्यांकनका आधारमा सम्मान तथा पुरस्कृत गरेको थियो ।
उक्त कार्यक्रममा १० करोडदेखि ३० करोड पुँजी भएका संस्था मध्येबाट जिल्लाकै दोस्रो स्थान हासिल गरेर यो सहकारी सम्मानित तथा पुरस्कृत भएको थियो । सहकारीका कर्मचारी तर्फबाट जिल्लाकै उत्कृष्ट कर्मचारीका रूपमा नवदुर्गा भवानी साकोसका व्यवस्थापक बिष्णुप्रसाद पौडेल सम्नानित तथा पुरस्कृत भएका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव रामकृष्ण पौडेलले गरेका थिए ।
Leave a comment