काठमाडौं । विरेन्द्रनगर ४ कालिगाउँ सुर्खेतमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले नयाँ तथा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई तालिम दिएको छ । संस्थाको व्यवसाय विभागको आयोजनामा एक दिने कर्मचारी सेवाकालिन तालिम दिएको हो ।
कर्मचारीलाई संस्थाका नीति नियम तथा कार्यान्वयनमा रहेका कार्यबिधिहरुको जानकारी दिइएको थियो । तालिममा दक्ष जनशक्तिको प्रयोग गर्दै सदस्य सेवालाई उच्चतम प्राथमिकतामा राख्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रमको सभाध्यक्ष संस्थाका व्यवस्थापक हिमलाल गौतम तथा संस्थाका अध्यक्ष नवराज कंडेलको आतिथ्यता रहेको थियो । तालिममा संस्थाका सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगि र व्यवसाय विभाग प्रमुख प्रेम आचार्यको समेत उपस्थिती रहेको थियो ।
संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा संचालित कार्यक्रममा उच्च व्यवस्थापन, सेवाकेन्द्र प्रमुखहरु, विभिन्न विभागिय प्रमुखहरुलगायत अन्य कर्मचारीहरु गरी २७ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका व्यवसाय विभाग प्रमुख एवं प्रशिक्षक प्रेम आचार्य, संस्थाका लेखा तथा प्रशासन विभाग प्रमुख एवं कार्यक्रमका प्रशिक्षक वसन्त बहादुर वुढाले संरक्षित पूँजी फिर्ताकोषलगायत लेखा प्रर्णालीमा आईपर्ने समस्या, तिनका असरहरुका वारेमा र वित्तिय तथा गैरवित्तिय सेवाहरुको विषयमा सहजिकरण गरेका थिए ।
संस्थाका अध्यक्ष नवराज कंडेलले यस कार्यक्रमले संस्थाले निदिष्ट गरेको वार्षिक निति तथा कार्यक्रममा रहेका कार्य तथा लक्ष पुरा गर्न मात्र नभई संस्थाको परिकल्पनालाई साकार पार्न यो जनशक्ति सफल हुने बताए ।
Leave a comment