काठमाडौं । न्यूरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक संस्थालाई डस्ट्बिन बितरण गरेको छ । संस्थाले काठमाडौंको काँडाघारीमा रहेको उज्ज्वलनगर समाजलाई २५ थान डस्टबिन बितरण गरेको हो । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले समाजलाई डस्ट्बिन हस्तान्तरण गरेको हो ।
‘स्वस्थ जिवनको लागि स्वच्छ वातावरण’ भन्ने नारालाई आत्मसात गर्दै समाजलाई डस्टबिन हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हेमबहादुर कार्कीले जानकारी दिए । उनले समुदायस्तरमा सहकारीको सहभागिता बढाउँदै समुदाय र सहकारीबिच सम्बन्ध विस्तार गर्ने अभियानमा संस्था निरन्तर लागिरहेको बताए ।
काठमाडौको मैतिदेवी र काँडाघारीमा सेवाकेन्द्र रहेको संस्थाका ६ हजार सदस्य छन् । संस्थाले सदस्यहरूलाई सहज वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैकिङ, ई–ट्रेलर, मिसकल सेवा, क्यूआर भुक्तानी, फण्ड ट्रान्सफरजस्ता थुप्रै सुविधा प्रदान गर्दैआएको छ ।
Leave a comment