हाइलाइट

महिलाको सकृयताले सहकारी फस्टाएका छन् : मुख्यमन्त्री कार्की

महिलाको सकृयताले सहकारी फस्टाएका छन् : मुख्यमन्त्री कार्की :: Sahakari Akhabar

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहकारीले महिलाले गर्दा सहकारी फस्टाएको बताएका छन् । उनले सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको पनि बताएका छन् ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मूल समारोह समितिले मोरङमा मंगलबार आयोजना गरेको कार्यक्रममा महिलाहरूको सक्रियताले गाउँका सहकारीहरू फष्टाइरहेको बताए । उनले भने सर्वसाधारणको जीवनस्तर परिवर्तन गर्ने सहकारीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने बताए ।

भट्टीमा बसेर सहकारीको बदनाम गर्नेको सूची प्रदेश सरकार तयार गरिसकेकाले चाँडै कारबाहीको दायरामा ल्याउने बताए । उनले भने केही सहकारीको मालिक नै चोर भएकाले सहकारी क्षेत्र बद्नाम भइरहेको छ ।

मुख्यमन्त्री कार्कीले सहकारी मात्र नभएर अहिले मुलुकको समग्र नअर्थतन्त्र नै धारासायी बनाउने षडयन्त्र भइरहेको बताएका छन् । बैंक, लघुवित्त, सहकारी र साहुमहाजनको ऋण तिर्न नसक्नेहरूलाई कस्ले हिँडाउँदै काठमाडौं पुर्याइरहेका छन् ? उनले भने, काठमाडौं पुग्न बसभन्दा बढी खर्च हिँडेर जान लाग्छ ।

ऋण तिर्ने पैसा नहुनेलाई त्यो खर्च कसले दिइरहेको छ । यो मुलुकको अर्थतन्त्र धारासायी बनाउनेहरूले यस्तो गरिरहेको स्पष्ट छ । त्यसैले यी यस्ता आफ्नै खुट्टामा बञ्चरो हान्ने गलत क्रियाकलापमा नलाग्न मुख्यमन्त्री कार्कीले सबैलाई आग्रह गरेका छन् ।

सहकारी डुब्न लागेको सुन्ने बित्तिकै सबै बचतकर्ताले बचत माग्न थालेपछि सहकारी डुब्ने गरेको होइन, उनले भने, सहकारीले विपन्नवर्गका साथै महिलाहरूको जीवनस्तर परिवर्तन भइरहेकोले आफूलाई भनाउँदाहरूको समाजमा मान घटेको छ ।

त्यसैले पनि सहकारीलाई बदनाम गराउने अनेकौं खेल भइरहेको छ, त्यसबाट सचेत हुनु पर्छ । मधेसमा मिटरब्याजीको हल्लाले बिपन्न परिवारले घरमा कोही बिरामी हुँदा पनि पैसा दिने कोही नभएकाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको मुख्यमन्त्री कार्कीले बताएका हुन् ।



Leave a comment