काठमाडौं । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हरिवन नगर सहकारी सञ्जालको आयोजना र सहकारी संस्थाहरुको सहआयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
सनराईज आवासिय माविको खेल मैदानमा सहकारीकर्मी र संचारकर्मी बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको सहकारीकर्मीको नेतृत्व समृद्धि साकोसका अध्यक्ष अर्जुन पन्त र पत्रकारको नेतृत्व पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीले गरेका थिए । ६० मिनेटको फुटबल प्रतियोगितामा १–१ गोलको बराबरि भएको थियो । सहकारीको तर्फबाट रवि थापा र पत्रकारको तर्फबाट रविन घिमिरेले गोल गरेका थिए।
सगुन साकोसका अध्यक्ष केशवप्रसाद ढकाल, समाजसेवी भरत कार्की, राजकुमार उप्रेती, बाबुराम घिमिरे, विनोद कार्कीको उपस्थिति रहेको कार्यक्रमको व्यवस्थापन सगुन साकोसका व्यवस्थापक तथा नेफस्कून साकोस म्यानेजर क्लव मधेसका संयोजक रविन्द्र रानाले गरेका थिए ।
प्रतियोगीतामा सञ्जालका संयोजक रामप्रसाद घिमिरे तथा हरिवन नगरपालिका वडा नं.११ को अध्यक्ष शेष मेहवुब रेजाको प्रमुख आतिथ्यता रहेको थियो । ईलाका प्रशासन कार्यलयको प्रशासकिय अधिकृत राजकुमार थापाले सहकारी दिवसको अवसर पारेर राखेको यस्तो प्रतियोगिताले सहकारीहरुको शाख माथि उठेको बताए । कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुको अध्यक्ष, पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको हो।
Leave a comment