काठमाडौं । लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले बलेफि गाउँपालिका वडा नं ८ स्थित युथ स्पोर्टस क्लवको भवनमा गरिएको कार्यक्रममा वडाध्यक्ष रमेशकुमार श्रष्ठ प्रमुख अििथ रहेका थिए ।
संस्थाले बर्ष उत्कृष्ट सदस्य सम्मानमा ६ जना, नियमित क्रमिक बचत कार्यक्रममा आबद्ध सदस्य सम्मानमा ३५ जना र उत्कृष्ट महिला समुह सम्मानमा १ वटा समुहलाई सम्मान गरिएको संस्थाले जनाएको छ। करिव एक दशक संस्थाको कर्मचारी भई कार्य गरेकी पूर्व कर्मचारी राधिका तिमल्सिनालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक कोषाध्यक्ष बलराम सापकोटा, पूर्व उपाध्यक्ष रितादेवी नेपाल र सम्मानित सदस्यहरु मध्येबाट एक एक जनाले शुभकामना मन्तब्य राखेका थिए । सचिव नेत्रप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रम ब्यबस्थापक रबिन बिकले संचालन गरेका थिए ।
Leave a comment