धनुषा । जिल्ला सहकारी संघ धनुषा र जिल्ला बचत तथा ऋण सहकारी सघ धनुषा, विष्यगत सहकारी सघ हरुको आयोजनामा जनकपुरमा ६७ औ राष्ट्रीय सहकारी दिवसका कार्यक्रम सम्पन्न भएका छ । कार्यक्रममा सहकारी अभियानका ६ जना अभियानकर्तालाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रम जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवको अध्यक्षता तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेश मन्त्री गोबिन्द न्योपानेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सांसद राम अशिष यादव, जनकपुरधाम उपमहानगरपालिका जनकपुरधाम नगर प्रमुख मनोजकुमार साह, राष्ट्रिय सहकारी महासघका संचालक नथुनी यादव, शारदा दाहाल, जिल्ला उखु उत्पादक सहकारी सङ्घका अध्यक्ष जिवछ महतो, मधेस प्रदेश दुग्ध बिकास वोर्डका सदस्य दिपेन्द्र यादव, कार्यकारी प्रमुख शंकर साहलगायतले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रममा धनुषाका सहकारीकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला बचत सहकारी सङ्घ धनुषा का सदस्य राजेन्द्र शाहले गर्नुभएको थियो। आयोजक समिति सदस्य श्री प्रमोद कुमार छिटान धन्यवाद मन्त्व्य सहित।
Leave a comment