हाइलाइट

किसान साकोसद्वारा गैंडाकोटको ८ वडालाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा

किसान साकोसद्वारा गैंडाकोटको ८ वडालाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा :: Sahakari Akhabar

काठमाडौं । किसान वचत तथा ऋण सहकारीले नवलपरासीको गैंडाकोट नगरपालिका वडा ८ लाई  ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गरेको छ ।

चैत २० गते ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा गैंडाकोट ८ मा रहेको विजय आधारभुत विद्यालयमा कार्यक्रम गरि उक्त वडालाई पूर्ण किसान सदस्य वडा घोषणा गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षता तथा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा टोलविकास संस्थाका पदाधिकारीले घोषणा पत्रमा दस्तखत गरेको अभिलेखीकरणमा नगरप्रमुखले स्विकृत गरी वडालाई पूर्ण किसान वडा घोषणा गरेका थिए ।

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेले संस्थामा वडा नं ८ अन्तर्गत ९६६ घरधुरी मध्ये ९४८ घरधुरीका सदस्यलाई संस्थामा सहभागी गराएको जनाए ।

उनले २५ जना सदस्यवाट सुरु भएको संस्थामा हाल ८८ हजार सदस्य पुग्न सफल भएको जनाए । उनले संस्थाको पूँजी करिव ४ अर्व पुग्न लागेको, तीनवटा प्रदेश, ४ जिल्लामा २६ वटा सेवाकेन्द्रवाट सेवा दिदै आएको जानकारी दिए ।

कार्यक्रममा गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, नेफस्कून सञ्चालक समिति सदस्य गोपालप्रसाद गौतम, विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधी, वडाका जनप्रतिनीधी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, सञ्चालक समिती, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य र कर्मचारी सहितको उपस्थितीमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरेको थियो ।

कार्यक्रममा सञ्जालका अध्यक्ष शशिधर न्यौपाने, वडा ८ का वडाध्यक्ष प्रेम सापकोटालगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा ११ वटा टोल विकास संस्थालाई सरसफाईका लागि डस्टविन र बालक्लव हरुलाई खेलकुद सामाग्री समेत वितरण गरिएकोसंस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले जनाए ।



Leave a comment