विराटनगर । ६७ औँ सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित जिल्लाभर द्वीप प्रज्वलन गरिएको छ । प्रदेश राजधानी विराटनगरसहित मोरङका सवै स्थानीयतहमा सोमबार साँझ द्वीप प्रज्वलन गरिएको हो ।
विराटनगरमा सयौँ सहकारी अभियान्ताहरुको सहभागीतामा विराटनगरस्थित जनआन्दोलन चोकमा द्वीप प्रज्वलन गरिएको हो । द्वीप प्रज्वलन कार्यक्रममा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा.डिल्ली पोखरेल, प्रदेश सहकारी नि.रजिस्टार हरीबहादुर खत्रीलगायत सहकारी अभियान्ताहरुको सहभागीता रहेको थियो ।
आज विराटनगरमा जिल्ला व्यापी एकीकृतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । यसैको पूर्वसन्ध्यामा सोमबार साँझ विराटनगरमा द्वीप प्रज्वलन गरिएको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा.पोखरेलले बताए ।
यसपटक विराटनगरमा जिल्लस्तरीय बृहतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मुल नाराका साथ चैत २० गते मंगलबार सहकारी दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय सहकारी दिवसलाई भव्य बनाउन मोरङका सवै सहकारी र अभियान्ताहरु लागि परेका छन् । जिल्ला सहकारी संघ मोरङको आयोजनामा हुने सो दिवस मनाउन कार्यक्रम भएका छन् । यसअघि जिल्ला व्यापीरुपमा मोटरसाइकल र्याली निकालिएको थियो ।
सो र्यालीमा हजारौँको संख्यामा सहकारी अभियान्ताहरुको सहभागीता रहेको थियो । मंगलबार दिवसको अवसरमा विराटनगरस्थित होटल मनास्लु इनमा बृहत कार्यक्रमा आयोजना गरिएको छ ।
विराटनगरमा तय गरिएको राष्ट्रिय सहकारी दिवस भव्य बनाउन सबै सहकारीका सञ्चालकहरु आ–आफ्नो क्षेत्रबाट लागि परेको प्रचारप्रसार उपसमितिका सह–संयोजक अविनाशकुमार निधीले जानकारी दिए ।
Leave a comment