हाइलाइट

सहकारी महासंघले घोषणा गर्यो ब्यक्ति सम्मान तथा संस्था पुरस्कार

सहकारी महासंघले घोषणा गर्यो ब्यक्ति सम्मान तथा संस्था पुरस्कार :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी क्षेत्रमा विभिन्न क्षेत्रबाट योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान तथा सहकारी संघ संस्थालाई पुरस्कारको घोषणा गरेको छ । आज एक कार्यक्रम गरी महासंघले ब्यक्ति सम्मान तथा संस्था पुरस्कारको घोषणा गरेको हो ।

सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने थिमका साथ आयोजना गरेको कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले गरेका थिए ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा भएको कार्यक्रममा डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष पुरा गर्ने दोस्रो ब्याजका विद्यार्थीहरुलाई सर्टिफिकेट समेत प्रदान गरिएको थियो ।

यसै अवसरमा उत्कृष्ट सहकारी संघसंस्था तथा व्यक्तित्वहरुको घोषणा गरिएको छ । सम्मान तथा पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले पुरस्कृतको नाम घोषणा गरेका थिए।

कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्व मन्त्री खगराज अधिकारी, पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कडेल, महासंघका सल्लाहकार लिलामणि पोख्ररेल, महासंघका सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उषा झा, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, रजिट्रार पिताम्बर घिमिरे, महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा प्रताप कुमार पाठकले सहकारीमा सुशासन प्रविधि र एकीकरण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पुरस्कृत हुने व्यक्तित्व तथा संघसंस्थाहरु

१. राष्ट्रिय सहकारी पुरस्कार २०८०
केशवप्रसाद बडाल, पूर्व अध्यक्ष, राष्ट्रिय सहकारी महासं

२. उत्कृष्ट सहकारी पुरस्कार २०८०
जिल्ला बचत तथा ऋण सहकारी संघ, मोरङ

३. उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८०
केशवप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ

४. सहकारी पत्रकारिता पुरस्कार २०८०
१.काजी श्रेष्ठ, सम्पादक, सहकारी खबर डटकम
२.सुधा देवकोटा, रिपोर्टर, मेरो लगानी डटक

५.उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८०

कोशी प्रदेश : नेपाल बहुउद्देश्यीय सहकारी संस्था, झापा
मधेश प्रदेश : सानाकिसान कृषि सहकारी संस्था, सर्लाही
वागमती प्रदेश : युवा बचत तथा ऋण सहकारी संस्था, भक्तपुर
गण्डकी प्रदेश : नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था, नवलपरासी (ब.स.पू)
लुम्विनी प्रदेश : हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था तुलसीपुर, दाङ
कर्णाली प्रदेश : ग्रामिण बचत तथा ऋण सहकारी संस्था, सल्यान
सुदूरपश्चिम प्रदेश : किसान बहुउद्देश्यीय सहकारी संस्था, कैलाली



Leave a comment