हाइलाइट

गैँडाकोट ८ लाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गर्दै किसान साकोस

गैँडाकोट ८ लाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गर्दै किसान साकोस :: Sahakari Akhabar

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाले ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गैँडाकोटको वडा नम्वर ८ लाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गर्ने भएको छ ।

पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम भोली चैत २० गते विहान ११ बजे विजय आधारभूत विद्यालय, विजयनगर, गैंडाकोट ८ मा सदस्यलाई आमत्रण गरी गरिने संस्थाका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए ।

संस्थाले यसै अवसरमा आज प्रभात फेरी कार्यक्रम समेत गरेको छ । केन्द्रिय कार्यलयबाट सुरु भएको मोटरसाईकल र्यालीमा गैँडाकोट ८ को सम्पूर्ण चोकको परिक्रमा गरी गैंडाकोट नगरपालिका अगाडी आएर समापन भएको विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले जानकारी दिए ।

र्यालीमा संस्थाका संचालक समिति, विजयनगर सेवाकेन्द्र उपसमिति, कर्मचारी र सदस्यहरुको उपस्थिती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले जानकारी दिए ।



Leave a comment