सर्लाही । हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले ६७ आंै राष्ट्रिय सहकारी दिवसको अवसर पारेर स्थानिय सामुदायिक विद्यालयहरुलाई फोहोर संकलन सामाग्री डस्विन र पानिका जार बितरण गरेको छ । संस्थाले दिवस तीन दिन मनाउने निर्णय गरेअनुसार पहिलो दिन सामुदायिक विद्यालयहरुलाई संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त सामाग्री बितरण गरेको थियो ।
संस्थाले कर्मैया आदर्श जनता क्याम्पसलाई १० थान सिलिङ फ्यान, जनता मावि थिङ्टोल बागमतिलाई ५ थान डस्टविन र शेरगंजचोक समिक्षालयलाई १ थान डस्टविन वितरण गरेको हो । त्यस्तै संस्थाले च.उ.मावि.सुकेपोखरी हरिवनलाई ५ डस्टविन र १ थान पानिको जार,सगुन शिक्षा आवाशिय विद्यालयलाई हरिवनलाई ५ थान डस्टविन र १ थान पानिको जार, म.ज.मावि हरिवनलाई ५ थान डस्टविन र १ थान पानिको जार बितरण गरेको छ ।
त्यसैगरी संस्थाले जनजागृति मा.वि.हरिवनलाई ५ थान डस्टविन १ थान पानिको जार तथा चुरे आधारभुत विद्यालय हरिवनलाई ३ थान डस्टविन र २ थान पानिको जार वितरण गरेको जनाएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेको र आगामि दिनमा पनि सामाजिक कार्य गर्दैजाने संस्थाका प्रवन्धक रविन्द्र रानाले जानकारी दिए ।
Leave a comment