हाइलाइट

भक्तपुर जिल्ला बचत संघद्धारा महिला नेतृत्व तथा उद्यमशीलता उप्रेरणा तालिम

भक्तपुर जिल्ला बचत संघद्धारा महिला नेतृत्व तथा उद्यमशीलता उप्रेरणा तालिम :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले महिला नेतृत्व तथा उद्यमशीलता उत्पे्ररणा तालिम सम्पन्न गरेको छ । संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा एक दिने महिला नेतृत्व तथा उद्यमशीलता उत्पे्ररणा तालिम सम्पन्न गरेको हो । तालिममा ४४ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सिलाई कटाई, बुनाई, व्यटिसियन जस्ता सिपमूलक तालिममा मात्र सिमित रहेर अहिलेको प्रतिस्पर्धात्मक समयमा महिलाहरु अगाडि बढ्न नसक्ने हुँदा क्षमता अभिवृद्धिका तालिमहरु आवश्यक रहेको बताए।

सहकारीमा महिला सदस्य र महिला कर्मचारी तुलनात्मक रुपमा पुरुषको भन्दा बढी सहभागिता रहेता पनि पुरुष नेतृत्वकै हावि भइरहेको अवस्थालाई चिर्न पनि महिला नेतृत्वको आवश्यकता रहेको उनको भनाइ थियो ।

संघका सचालक एवं उपसमितिका संयोजक कृष्णश्वरी मचामसीले महिलाहरु आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्ने बताइन । उनले महिलाहरुलाई नेतृत्व र उद्यममा प्रेरित गर्न तालिमको आयोजना गरेको बताइन् ।

मेटिभेसनल स्पिकर डा तारा प्रसाद गिरीले हामी सँग जे छ त्यसमा सन्तुष्त हुनुपर्ने र सानो सानो कूराहरुमा ध्यान दिनुपर्ने बताए । उनले समाज बदलिन आफुलाई आफैले माया गर्नुपर्ने र आफुले आफूलाई नै पहिला बदलिनुपर्ने बताए । उनले आर्दश व्यक्ति बन्न विभिन्न तरिका र कुराहरु समय अनुसार हार नखाई बाधा, अबरोधका चणहरु पार गरेर जीवनलाई सही ढंगले अगाडी बढाउनुपर्ने बताए ।

सहजकर्ता सुन्दर श्याम घिमिरेले सिप विकास तालिम र उद्यमशीलता तालिम बिच भिन्नता रहेको बताउर्दे उद्योगको महत्व, जोखिम र समस्याहरुका बारेमा बताए । उनले सिप सिकेका सबै उद्यमी बन्न नसक्ने भएकोले उद्यमशिलताको तालिम आवश्यक रहेको बताए । सहकारीका सदस्यलाई उद्यमशीलतामा उत्प्रेरित गर्न यस्तो तालिम कार्यक्रमहरु निरन्तर राख्नुपर्ने उनको भनाइ थियो ।

महिला सशक्तिकरण उपसमिति सदस्य सूवर्ण प्रभा गूरागाइलले महिलाहरुमा जबसम्म सशक्तिकरण हुदैन तवसम्म देश विकास नहुने भन्दै आफुभित्र लूकेको प्रतिभालाई उजागर गर्न उत्प्रेरणात्मक तालिमले सहयोग गर्ने बताइन् ।



Leave a comment