काठमाडौं । बागमती प्रदेशले ६७ औं राष्ट्रिय सहकारी दिवस प्रदेशस्तरीय कार्यक्रम गरी मनाउने भएको छ । बागमती प्रदेशले चैत २० गते बिहान ७ बजे हेटैंडाको रोपवे चौर चौकिटोलबाट र्याली कार्यक्रम गर्ने राष्ट्रिय सहकारी दिवस प्रदेश स्तरीय मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाले जनाएका छन् ।
त्यसैगरी उक्त दिन सबै सहकारी संघ संस्थाको कार्यालयमा साँझ ७ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रदेश स्तरीय मूल समारोह समितिले र्यालीमा सहकारी संघ संस्थाको ब्यापक सहभागिता गरिने जनाएको छ । प्रदेशले र्यालीमा प्रथम, द्धितिय, तृतिय र सान्त्वर्ना पुरस्कारको ब्यवस्था गरिएको जनाएको छ । त्यसैगरी कार्यक्रममा र्याली, प्रवचन, पुरस्कार र सम्मान वितरण गरिने जनाइएको छ ।
कार्यक्रम अवधिभरी बस्ने सहभागी संस्था मध्ये बढिमा ५ वटा संस्थालाई गोलाप्रथा बाट भाग्यशाली संस्था उपहार प्रदान गरिने जनाइएको छ । गोलाप्रथामा सहभागी हून न्यूनतम १० जना सहभागी आबश्यक रहने र १० वटा भन्दा कम संघ संस्थाहरु भएमा गोलाप्रथा नगरिने आयोजकले बताएको छ ।
Leave a comment