विराटनगर । सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल नाराका साथ ६७ ओै राष्ट्रिय सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ । रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका र सुनबर्सी नगरपालिका भित्र रहेका सहकारीहरूको सदस्य तथा संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा रङ्गेली ३ बेतौना देखि बाट सुरु भएको र्याली रङ्गेलीको मुख्य बजार, बसपार्क, हुँदै झपरतलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मोटरसाइकल र्याली ई.कमलेश्वर ठाकुरको संयोजकत्वमा भएको थियो । १५० जना सहकारीकर्मीहरुले र्यालीमा सहभागीता जनाएका थिए । नेपालमा विगत ६७ वर्ष देखि सहकारी अभियानमा राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको छ । राष्ट्रिय सहकारी दिवसले यतिबेला अभियानभित्र रौनकता समेत छाएको छ ।
२०१३ चैत्र २० गते देशव्यापी रुपमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै आइरहेको छ । सहकारी दिवसको पूर्वसन्ध्यामा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सम्पूर्ण संघ संस्थाहरुले यतिवेला विविध सामाजिक कृयाकलापहरुको आयोजना गरेर कार्यक्रमहरुमा ऐक्यवद्धता समेत जनाउदै आइरहेका छन् । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया