हाइलाइट

सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली

सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली :: Sahakari Akhabar

विराटनगर । सहकारीप्रतिको नकारात्मक भ्रम मेटौं भन्ने मूल नाराका साथ ६७ ओै राष्ट्रिय सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ । रङ्गेली नगरपालिका, धनपालथान गाउँपालिका र सुनबर्सी नगरपालिका भित्र रहेका सहकारीहरूको सदस्य तथा संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा रङ्गेली ३ बेतौना देखि बाट सुरु भएको र्याली रङ्गेलीको मुख्य बजार,  बसपार्क,  हुँदै झपरतलमा  पुगेर  कोणसभामा परिणत भएको थियो ।

मोटरसाइकल  र्याली  ई.कमलेश्वर ठाकुरको संयोजकत्वमा भएको थियो । १५० जना सहकारीकर्मीहरुले र्यालीमा  सहभागीता जनाएका थिए । नेपालमा विगत ६७ वर्ष देखि सहकारी अभियानमा  राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको छ । राष्ट्रिय सहकारी दिवसले यतिबेला अभियानभित्र रौनकता समेत छाएको छ ।

२०१३ चैत्र २० गते देशव्यापी रुपमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै आइरहेको छ  । सहकारी दिवसको पूर्वसन्ध्यामा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सम्पूर्ण संघ संस्थाहरुले यतिवेला विविध सामाजिक कृयाकलापहरुको आयोजना गरेर कार्यक्रमहरुमा ऐक्यवद्धता समेत  जनाउदै आइरहेका छन् । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन रहेको छ।



Leave a comment