हाइलाइट

ईश्वर साना किसान कृषि सहकारीद्धारा निशुल्क दन्त परिक्षण शिविरको आयोजना

ईश्वर साना किसान कृषि सहकारीद्धारा निशुल्क दन्त परिक्षण शिविरको आयोजना :: Sahakari Akhabar

विराटनगर । ईश्वर साना किसान कृषि सहकारी संस्थाल ६७ औं राष्ट्रिय सहकारी दिवस, २०८० को अवसरमो निशुल्क दन्त परिक्षण शिविरको आयोजना गरेको छ । चैत्र  १७ गते शनिबारका दिन संस्थाले आयोजना गरेको दन्त शिविरको प्राविधिक सहयोग महेन्द्र चोक स्थित बिराटनगर ओरो डेन्टल केयरले गरेको थियो । दन्त विशेषज्ञ डाक्टर स्मिता भगत र डाक्टर विवेक कुमार मेहताको टोलीले ५० जना भन्दा बढी दन्त समस्या भएका व्यक्तिहरुको जाँच गरेका थिए ।

शिविरमा परिक्षणका क्रममा दाँत सम्बन्धी विभिन्न समस्या देखा परेका बिरामीहरुलाई  ३० देखि ५० प्रति छुट सुविधामा बिराटनगर ओरो डेन्टल केयरमा उपचार हुने ईश्वर साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक बलबहादुर घिमिरेले बताए । सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना भएको उक्त शिविरमा सदस्य तथा समुदायका जेष्ठ नागरिक लगायतले लाभ लिएका थिए ।



Leave a comment