हाइलाइट

नारायणी साकोसको ऋण सदुपयोगिता सम्वन्धि कार्यक्रम सम्पन्न 

नारायणी साकोसको ऋण सदुपयोगिता सम्वन्धि कार्यक्रम सम्पन्न  :: Sahakari Akhabar

चितवन । भरतपुरमा रहेको नारायणी बचत तथा ऋण सहकारी संस्थाले ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा ऋण सदुपयोगिता अनुशिक्षण तथा कानुनी परामर्श कार्यक्रम गरेको छ । कार्यक्रम संस्थाका संचालक, लेखा समिति, सल्लाहकार, उपसमितिहरु, शेयर सदस्यहरु तथा कर्मचारीहरुलाई लक्षित गरि गरेको हो । कार्यक्रममा १४५ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमा राष्ट्रिय वाणिज्य बैंक, भरतपुर शाखाका प्रबन्धक सबिनराज अधिकारीले ऋण सदुपयोगिता बिषयमा प्रशिक्षण दिएका थिए । नेपाल बार एशोसियसन चितवनका पुर्व अध्यक्ष, अधिवक्ता गोविन्द प्रसाद सिग्देलले ऋण लगानी तथा अशुली प्रक्रियाका कानुनी प्रावधान बारे जानकारी गराएका थिए ।

भरतपुर महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका ऋण अनुगमन उपसमितिका संयोजक लोकनाथ भुषालले सभापत्वि गरेका थिए । कार्यक्रममा भरतपुर वडा नं ५ का वडा सदस्य चन्द्रमणि भुषाल, संस्थाका अध्यक्ष पुष्पराज भट्ट तथा लेखा संयोजक केशवबहादुर पौडेलले कार्यक्रममा सहकारीमा सम्भावना र चुनौतीको बारेमा विचार राखेको संस्थाका सचिव हरिकृष्ण अधिकारीले जानकारी दिएका छन् ।



Leave a comment