हाइलाइट

बचत संघ भक्तपुरको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बचत संघ भक्तपुरको अन्तरक्रिया कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरले ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको सभाहलमा संघका समिति, उपसमिति र कर्मचारी बीच अन्तरक्रिया कार्यक्रम गरेको हो ।

संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको बारेमा सडकदेखि सदनसम्म चर्चा भइरहेको भन्दै अहिलेको अवस्थामा सहकारीहरु संयमित र सचेत हुनपर्ने बताए । उनले सहकारीकोे दिर्घकालिन समस्या समाधान गर्न दोस्रो तहको नियमक निकाय गठनमा सरकार लागेको कुरा जानकारी दिए ।

संघका उपाध्यक्ष हरि बल्लले ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रमले नियमन निकाय र अभियान मिलेर सहकारी समस्या समाधानका लागि समूहिक प्रयासमा टेवा पुग्ने बताए ।

संघका सचिव जगनाथ प्रजापतिले संघको आयोजनामा जिल्ला स्थित संघहरुको समन्वयमा हरेक बर्ष राष्ट्रिय सहकारी दिवस चैत्र २० गते प्रभातफेरी कार्यक्रम मनाइदै आइरहेकोमा यस बर्ष नगर नगरमा संघको नगरस्तरीय सहकारी समन्वय उपसमितिको आयोजना तथा समन्वय र सहकार्यमा प्रभातफेरी कार्यक्रम सहित ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएकोले सहकारी संस्थाको सक्रिया सहभागिताको लागि अनुरोध गरे ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले ६७ औं राष्ट्रिय सहकारी दिवसको थिम “सहकारीमा सुशासन र प्रविधि र एकिकरण” बारेमा प्रकाश पार्दै नारा अनुसार संघले प्रविधिलाई आत्मसात गर्दै सदस्य संस्थाहरु बिच कर्जा सूचना, भुक्तानी रसिद क्लिरिङ लगाएतका लागि प्रविधि विकासका काम भइरहेको बताए ।

संघ विकास गर्दै आएको (ऋब्त्० ऋचभमष्त ब्लबथिकष्क त्यय िका बारेमा समेत अन्र्तक्रिया कार्यक्रम छलफल भएको थियो । सो कार्यक्रममा संघका समिति, उपसमिति र कर्मचारी गरी ३८ जना उपस्थिती रहेको थियो।
 



Leave a comment