Sahakari Akhabar

सहकारी सञ्जाल उर्लाबारीले सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने

सहकारी सञ्जाल उर्लाबारीले सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाउने :: Sahakari Akhabar

विराटनगर । उर्लाबारी, ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने नाराका साथ ६७ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । सहकारी सञ्जाल उर्लाबारी तथा राष्ट्रिय सहकारी बैंक उर्लाबारीले संयुक्त रुपमा व्यवस्थापन गरी सहकारी दिवस धुमधामसंग मनाइने भएको हो ।

बुधबार उर्लाबारी ५ स्थित श्रीसगरमाथा सहकारीको सभाहलमा सहकारी सञ्जाल र सहकारी बैंकका प्रतिनिधि सम्मिलत बैठकले सहकारी दिवसलाई सभ्य, भव्य र सार्थक रुपमा सफल पार्ने निर्णय भएको जानकारी गराइएको छ । जिल्ला सहकारी संघ मोरङले निर्धारण गरेको तालिका अनुसार पुर्वी मोरङका रतुवामाई, उर्लाबारी र मिक्लाजुङमा कार्यक्रम तय गरिएको हो ।

राष्ट्रिय सहकारी बैंक उर्लाबारीका शाखा प्रमुख विवेक रिजालका अनुसार चैत १६ गते दिउँसो ३ः ३० बजेबाट वृहत मोटरसाइकर्ल याली आयोजना हुनेछ । उर्लाबारी मंगलबारेको थापा चौकबाट सुरु हुने मोटर साइकल र्याली  स्कूलडाँडा, फागु टोल, सूर्य चौक, बरगाछी, सोमबारे हुँदै इटहरा बजार पुगेर समापन हुने जनाइएको छ ।

यस्तै, सहकारी दिवसको पुर्वसन्ध्यामा चैत १९ गते रतुवामाई, उर्लाबारी र मिक्लाजुङका सहकारी संगठनहरुले आफुलाई पायक पर्ने स्थानमा भेला भई दीप प्रज्जवलन गरिने हाम्रो बचत तथा ऋण सहकारी संस्था उर्लाबारीका व्यवस्थापक चक्र खड्काले बताए ।

यस्तै चैत २० गते आआफ्नो संस्थाको तर्फबाट जिल्ला सहकारी संघ मोरङले विराटनगरमा आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने निर्णय गरिएको खड्काले बताए । वि।सं। २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।



Leave a comment